Logo

काठमाडौंमा दैनिक साढे ७ लाख लिटर पेट्रोलियम भित्र्याईँदै

काठमाडौंमा दैनिक साढे ७ लाख लिटर पेट्रोलियम भित्र्याईँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल आयाल निगमले काठमाडौंमा दैनिक साढे ७ लाख लिटर पेट्रोलियम भित्र्याउने भएको छ । निगमले नेपालगञ्ज, विराटनगर र भैहरवा डिपोलाई त्यहा मौज्दात रहेको इन्धनमध्ये दैनिक ७ लाख ५० लाख लिटर डिजेल तथा पेट्रोल काठमाडौ पठाउन निर्देशन दिएको हो ।

उक्त डिपोबाट दैनिक ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजेल काठमाडौँ उपत्यकामा भित्र्याउन लागिएको नेपाल आर्थिक पत्रकार समाजद्वारा आयोजित अर्थ संवाद कार्यक्रममा निगमका प्रवक्ता मुकुन्द घिमिरले जानकारी दिए । ‘काठमाडौं उपत्यकामा दैनिक औसतमा ३ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार लिटर डिजेल चाहिन्छ,’ उनले भने । जसमध्ये बिराटनगर डिपोबाट दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल पठाउनेछ भने नेपालगन्जबाट ५० हजार लिटर पेट्रोल र ५० हजार लिटर डिजेल पठाउने छ । त्यसैगरी, भैरहवा डिपोबाट १ लाख ५० हजार लिटर पेट्रोल र १ लाख लिटर डिजेल पठाउन निर्देशन दिएको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार बिराटनगरमा डिपोको १२ हजार किलोलिटर क्षमतामा ४ हजार किलोलिटर इन्धन मौज्दात छ भने नेपालगञ्ज डिपामा ३ हजार ५ सय किलोलिटर क्षमता रहेकोमा १ हजार ५ सय किलोलिटर इन्धन मौज्दात रहेको छ । यसैगरी, भैरहवा डिपोको क्षमता ३ हजार ६ सय किलोलिटर भएकोमा १ हजार ५ सय केएल इन्धन मात्र मौज्दात रहेको छ ।

हाल जुन नाकाबाट पेट्रोलियम पदार्थ भित्रिएको छ त्यही नाका वरपरका क्षेत्रका जनताले मात्र उपभोग गर्न पाइरहेको जानकारी दिँद आगामी दिनमा काठमाडौमा बढी इन्धन पठाउन निर्देशन दिएको बताए । पछिल्लो समयमा भारतबाट इन्धन भित्रिने क्रम बढिरहेपनि काठमाडौँ उपत्कायमा भने चरम अभाव रहेकाले अन्य डिपोबाट भित्र्याउन लागिएको उनको भनाइ छ । जिल्लाका डिपोहरुबाट आयात हुने इन्धन उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधानलाई बितरण गरिने समेत उनले जानकारी दिए ।

उनका अनुसार हाल रक्सौल नाकामा रोकिएको ग्याँस बुलेटहरुलाई रिरुट गरेर भित्राउने काम भइरहेको छ । साथै, माघ १ गतेदेखी ६ गतेसम्म ४ लाख ग्यास सिलिन्डर उपत्यकाम बितरण भएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL