Logo

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतीतोला ६ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले बढ्दै १२ सय ६० मा कारोबार भईरहेको महासंघले उल्लेख गरेको छ । बिहिबार नेपाली बजारमा सुन प्रतीतोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ४५ मा कारोबार भएको महासंघले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्