Logo

काठमाडौंमा हुस्सुका कारण उडान प्रभावित, आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द

काठमाडौंमा हुस्सुका कारण उडान प्रभावित, आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द



काठमाडौँ । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं एयरपोर्टको भिजिबिलिटि १०० मिटरमा झरेको छ। उडानका लागि सामान्यत ३००० मिटर भिजिबिलिटि चाहिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL