Logo

सुनको मुल्य प्रतितोलामा ४ सयले घट्यो , कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य प्रतितोलामा ४ सयले घट्यो , कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य बिहीवार प्रतीतोला ४ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा बुधवार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य बुधबार ४ सयले घट्दै प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले घट्दै १२ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । बुधवार नेपाली बजारमा चाँदी प्रतीतोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो भने सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको महासंघले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्