Logo

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश, १० जना धरौटिमा रिहा

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश, १० जना धरौटिमा रिहा



काठमाडौं । काठमाडौं जिल्ला अदालतले इच्छाराज तामाङ र सिभिल सहकारीका संचालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार २ जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

यस्तै सहकारीको घोटालाका आरोपित बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंहलाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्न समेत अदालतले आदेश दिएको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था लिमिटेडमा सर्वसाधारणको रकम अपचलन गरेको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो । जसमा १२ जना आरोपित ठहर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्