Logo

डा. महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ अवार्डबाट सम्मानित, दि बैंकरका सम्पादकले दिए अवार्ड

डा. महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ अवार्डबाट सम्मानित, दि बैंकरका सम्पादकले दिए अवार्ड


बिजखबर संवाददाता
0
Shares

पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ अवार्डबाट सम्मानित गरिएको छ । केही समय अघि विश्वकै उत्कृट घोषित गरेको ‘दि बैंकरले मंगलबार एक कार्यक्रम गरी सो अवार्ड प्रदान गरेको हो ।

पत्रिकाको कार्यालय लन्डनमा आयोजित समारोहमा दि बैंकङरका सम्पादक ब्रायन क्याप्लेनले महतलाई ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर २०१६’ अवार्ड प्रदान गरेका हुन् । गत वर्षको भूकम्पपछि मानवीय तथा वैदेशिक सहायता जुटाउन तत्कालिन अर्थमन्त्रीको रुपमा महतले खेलेको भूमिकाको सम्मान गर्दै पत्रिकाले महतलाई उत्कृष्ट अर्थमन्त्री घोषित गरेको बैंकरले बताएको छ । बैंकरले विश्वका बरिष्ठ अर्थशास्त्री तथा बैंकरहरुले गरेको सर्बेक्षणबाट महतलाई उत्कृष्ट अर्थमन्त्री घोषित गरेको थियो ।

the-banker-ramsharan-mahat

महतलाई अवार्ड प्रदान गरिएको कार्यक्रममा लण्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

डा. महतलाई उत्कृष्ट अर्थमन्त्रीको अवार्ड, अवार्ड पाउने दक्षिण एशियाकै पहिलो व्यक्ति

प्रतिक्रिया दिनुहोस्
MBL