Logo

बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा



काठमाडौं । नेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ ।

तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL