Logo

दिनभर परेको पानीका कारण आन्तरिक उडान प्रभावित, बुद्ध र यतिले रद्ध गरे रात्रिकालिन उडान

दिनभर परेको पानीका कारण आन्तरिक उडान प्रभावित, बुद्ध र यतिले रद्ध गरे रात्रिकालिन उडान



काठमाडौं । देशभर बर्षा र हिमपात भएपछि आन्तरिक उडानहरु प्रभावित भएका छन् । बिहानैदेखि प्रभावित भएका विभिन्न समयका आन्तरिक उडानहरु दिउँसो पनि चल्न सकेनन् । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएको बुद्ध एयरले जानकारी दिएको छ ।

कम्पनीका अनुसार आज दिनभरी नै परेको पानी र लेकाली भेगमा परेको हिउँका कारण आन्तरिक उडान हुन सकिरहेको छैन । यस्तै यति एयरलाईन्सले पनि मौसम प्रतिकृलताकै कारण रात्रिकालिन उडान रद्ध गर्नुपरेको जानकारी दिएको छ । कम्पनीले पनि विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

इनरुटमा खराब मौसम र विमान स्थलहरुमा न्युन भिजिबिलिटीका कारण उडान अवतरण प्रभावित भएको कम्पनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्