काठमाडौं । सरकारले विदेश जानेहरूलाई कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरेको छ । काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण हुने मन्त्रालयले जनाएको छ ।
उपत्यकामा वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट जोन्सन एण्ड जोन्सन खोप दिइरहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जानुपर्ने अधिकारीको भनाई छ ।