Logo

सुनको मुल्य तोलामा १ सयले बढ्यो , चाँदीको मूल्य भने घट्यो

सुनको मुल्य तोलामा १ सयले बढ्यो , चाँदीको मूल्य भने घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य सोमबार प्रतीतोला १ सय रुपैयाँले बढेको छ । गत शुक्रबारदेखि स्थिर रहेको सुनको मुल्य आज १ सय रुपैयाँले बढ्दै प्रतितोला ९३ हजार २ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य भने प्रतितोला १० रुपैयाँले घट्दै १२ सय ५० रुपैयाँ पुगेको छ । आईतबार नेपाली बजारमा चादीँ प्रतीतोला १२ सय ६० रुपैयामा कारोबार भइरहेको थियो भने सुन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको महासंघले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्