अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल आयल निगमलाई इन्धन थुपारेर राखेको विषयमा स्पष्टीकरण सोध्ने भएको छ । आयोगले मन्त्रालयका सचिव र निगमका कार्यकारी निर्देशलाई २४ घण्टा भित्र उपस्थित हुन भन्दै पत्र काटेको छ ।
आयाल निगमको डिपो भरिएको तर उपभोक्तालाई इन्धन वितरण नगरिएको गुनासो आएपछि आयोगले सचिव र कार्यकारी निर्देशकलाई स्पष्टीकरणका लागि बोलाएको हो । उपभोक्तालाई इन्धन विक्री राकेर मौज्दात बढाएकोप्रति स्पष्टीकरण सोध्न आयोगले उनीहरुलाई पत्र काटेको आयोगका एक अधिकारीले बताए । ‘इन्धन मौज्दात भएको तर उपभोक्तालाई वितरण नगरिएको प्रति बुझ्न उहाँहरुलाई डागिएको हो’ उनले भने, ‘२४ घण्टाभित्र उपस्थित हुन भनिएको छ ।’
अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले मन्त्रालय र निगमलाई पत्र काटेको पुष्टि गरे ।