Logo

राजश्वद्वारा १० जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर, ३६ करोड ७० लाखको बिगो दाबी

राजश्वद्वारा १० जनाविरुद्ध राजस्व छलीको मुद्दा दायर, ३६ करोड ७० लाखको बिगो दाबी



काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दश जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले लार्ज ट्रेडिङ प्रालिका चार जना सहित १० जना विरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले लार्ज ट्रेडिङ प्रालिका अर्जुन प्रसाद पटेल, जय किशोर साह, सूर्यजितप्रसाद साह र तोयनाथ अधिकारी विरुद्ध १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँको बिगोे दावीसहित ३६ करोड ७० लाख ४४ हजार ५७२ रुपैयाँ बराबरको सजायको माग दावी गर्दै उच्च अदातल पाटनमा मुद्दा दायर गरेको हो ।

तुराहा सप्लायर्स प्रालिले मुल्य अभिवृद्धि कर र आयकर छली गरेको आरोपमा २ करोड १८ लाख ९८ हजार रुपैयाँ बिगोसहित ४ करोड ३७ लाख ९६ हजार रुपैयाँ बराबरको माग दावी सहित हरि नारायण साह तुलाधर, किशोर साह र सूर्यजितप्रसाद साह विरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

त्यस्तै, छिरिङ ढुण्डु गुरुङले अवैध अमेरिकी डलर २ करोड ३२ लाख ७४ हजार १८० रुपैयाँ बराबरको रकम संचय तथा ओसारपसार गरेको आरोप विभागले लगाएको छ । उनीबाट ६ करोड ९८ लाख २२ हजार ५४० रुपैयाँ माग दावीसहित उनी विरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

विभागले भन्सार चोरी पैठारी गरि ल्याएका कपडाजन्य वस्तुहरु अर्काको फर्मको नक्कली बिजक छपाएर बिक्री वितरण गरेको आरोपमा १ करोड ८९ लाख ८९ हजार ४४७ रुपैयाँको बिगोसहित सैपादिन मिया र अमन मित्तल विरुद्ध ३ करोड ७९ लाख ७८ हजार ८९४ रुपैयाँको माग दावीसहित उच्च अदातल पाटनमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL