Logo

पाँच महिनामै नेपालले गर्यो १ खर्ब २ अर्बको वस्तु निर्यात, व्यापारघाटा भने ७ खर्ब ३५ अर्ब पुग्यो

पाँच महिनामै नेपालले गर्यो १ खर्ब २ अर्बको वस्तु निर्यात, व्यापारघाटा भने ७ खर्ब ३५ अर्ब पुग्यो



काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालले १ खर्ब २ अर्ब बढिको वस्तुको निर्यात व्यापार गरेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालले गत साउनदेखि मंसिर मसान्तसम्म मात्रै १ खर्ब २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको हो । बर्षेनी निर्यातको व्यापार खर्ब नपुर्याउने नेपालले चालु आर्थिक बर्षको ५ महिनामै खर्ब बढीको निर्यात व्यापार गरेको हो । यसअघि गत आर्थिक बर्षभर पनि नेपालले १ अर्ब १४ अर्ब बढीको निर्यात व्यापार गरेको थियो ।

चालु अर्थिक बर्षको ५ महिनामा गरेको निर्यात व्यापार गत आवको सोही अवधिको तुलनामा १०५ दशमलव ६१ प्रतिशतले बढी हो । गत आवको यही अवधि अर्थात पहिलो ५ महिनासम्म नेपालले ५० अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

निर्यातको व्यापार बढिरहँदा आयातको व्यापारमा पनि नेपालले छलाङ मारेको छ । पछिल्लो ५ महिनामा नेपालले विभिन्न देशबाट ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गरी खपत गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५९ प्रतिशतले बढि हो । गत आवको सोही अवधिमा नेपालले ५ खर्ब २५ अर्ब रुपैयाँ बढिको आयात व्यापार गरेको थियो ।

यता आयात निर्यात दुबै उकालो लाग्दा व्यापारघाटा पनि ६३ दशमलव ५५ प्रतिशतले उकालो लागेको छ । चालु आवको पछिल्लो ५ महिनामा नेपालले ७ खर्ब ३५ अर्ब ५५ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । यस्तो व्यापारघाटा गत बर्षको सोही अवधिमा नेपालले ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ बराबर व्यहोरेको थियो ।

यसरी निर्यात व्यापार बढिरहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा २५ प्रतिशतले बढेर १० दशमलव ९३ प्रतिशत पुगेको छ । यस्तो हिस्सा गत बर्षको यो अवधिसम्म ८ दशमलव ७० प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL