Logo

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार बढ्दा प्रतितोला ९३ हजार ३ सय पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८ सय ६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्