Logo

संचालनमा आयो मनकामना केबलकार, एनालगबाट डिजिटलमा स्तरोन्नति हुँदै

संचालनमा आयो मनकामना केबलकार, एनालगबाट डिजिटलमा स्तरोन्नति हुँदै



काठमाडौं । मनकामना केबलकार संचालनमा आएको छ । स्तरोन्नतिका पुस ४ गतेदेखि बन्द गरिएको उक्त केबलकार आज (बिहीबार) देखि संचालनमा आएको हो । सो क्रममा केबलकारको गियर बक्स र टावर मर्मतसम्भार गरिएको थियो ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो । मर्मतसम्भार सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

हाल केबलकार स्तरोन्नतिको चरणमा रहेको छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL