Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजार ६ सयमा कारोबार हुँदै

सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजार ६ सयमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छ ।

यस अघि मंगलबार सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा वृद्धि आएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाँले बढेर १२४५ मा कारोबार भैरहेको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL