Logo

सिजी फाउण्डेशनद्वारा १७ सय घर ३० विद्यालय हस्तान्तर, व्यवसायीक सीप कार्यक्रम ल्याउँदै

सिजी फाउण्डेशनद्वारा १७ सय घर ३० विद्यालय हस्तान्तर, व्यवसायीक सीप कार्यक्रम ल्याउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौधरी फाउण्डेसनले भुकम्प पिडितका लागि हालम्म १ हजार ७ सयभन्दा बढी ‘ट्रान्जिसनल होम’ निर्माण सम्पन्न गरेको छ । जसमध्ये १ हजार सिजी आश्रय औपचारिक समारोहमार्फत भूकम्प प्रभावितहरुलाई हस्तान्तरण गरिसकेको पाउण्डेशनका अध्यक्ष विनोद चौधरीले जानकारी दिए । साथै, निर्माणाधीन अवस्थामा रहेका घरहरुलाई पनि यथासक्दो चाँडो निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने चौधरीले बताए ।

अध्यक्ष चौधरीले फाउन्डेसन मार्फत ३० वटा विद्यालय भवनको निर्माण सम्पन्न गरिसकेको जानकारी गराउन दिँदै जसमध्ये १२ वटा औपचारिक समारोहमार्फत सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको बताए । अन्य भवन पनि निकट भविष्यमै हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।

सिजी फाउण्डेशनले सवैभन्दा बढी भुकम्प प्रभावित १४ जिल्लामा सिजी आश्रय र सिजी शिक्षालय परियोजना कार्यान्वयन गरिरहेको छ । हालसम्म रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, नुवाकोट र गोर्खा जिल्लामा सिजी आश्रय निर्माण भईसकेका छन् । बा“की जिल्लामा पनि यी कार्यक्रम कार्यान्वयन गरिनेछ ।

इन्धन अवभाले प्रभावित क्षेत्रमा सामान ढुवानी गर्न समेत नसकिने अवस्था आएकाले केही ढिलालई भएको उनले जानकारी दिए । ‘त्यसका वावजुद पनि भूकम्पपी डितहरुका लागि आश्रय निर्माण जारी राख्ने हाम्रो प्रतिवद्धतामा कुनै कमी आउन दिएनौं,’ उनले भने, ‘प्रतिकूल परिस्थितिमा पनि हामीले आश्रय निर्माण गरी प्रभावित समुदायलाई हस्तान्तरण गर्न सक्यौं र यसबाट हामीलाई थप सन्तुष्टि मिलेको छ ।’

भूकम्प प्रभावित क्षेत्रको दीगो पुनस्र्थापनाका लागि चौधरी फाउण्डेसन आर्थिक स्वावलम्बनका कार्यक्रमहरु कार्यान्वयनमा आउनुपर्ने उनले बताए । साथै सो कार्यका लागि आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउने उद्देश्यका साथ प्रभावित क्षेत्रहरुमा सिजी पोलिटेक्निकमार्फत व्यवसायिक सीपका कार्यक्रमहरु शुरु गर्ने समेत जानकारी दिए ।

सिजी फाउण्डेशनले त्यतिवेला ‘सिजी आश्रय’ कार्यक्रमअन्तर्गत १० हजार ट्रान्जिसनल होम निर्माण गर्ने जानकारी गराएको थियो । जसमध्ये १ हजार घर चौधरी फाउन्डेसन आफैंले र ९ हजार घर साझेदारहरुस“गको सहकार्यमा बनाउने बताएको थियो । साथै ‘सिजी शिक्षालय’ कार्यक्रमअन्तर्गत भूकम्पले भत्काएका १ सय विद्यालय पुनस्र्थापना गर्ने समेत जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL