Logo

सुन तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८ सयले घटेर प्रतितोला ९३ हजारमा कारोबार भएको छ ।

यस अघि सोमबार सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाँ घटेर १२३५ मा कारोबार भैरहेको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL