Logo

नेपालमा लगानी गर्न ‘एआईआईबी’ तयार, चालू आवमै काम शुरु गरिने

नेपालमा लगानी गर्न ‘एआईआईबी’ तयार, चालू आवमै काम शुरु गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपालमा कार्यान्वयन योग्य योजना भएर आफुहरु तत्काल काम शुरु गर्न इच्छुक भएको बताएको छ । बैंकका अध्यक्ष जिन लिक्वीनले अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा सो कुरा बताएका हुन् । ‘सम्भाव्यता अध्ययन भई कार्यान्वय योग्य योजना छन् भने भन्नुहोस तत्काल लगानी गर्नेछौं,’ पौडेलसँगको भेटमा लिक्वीनले भने, ‘नेपालको पूर्वाधार विकासमा लगानी गर्न हामी तयार छौं ।’

साथै, उपयुक्त योजनाको पहिचान गरी लगानीका लागि बैंक समक्ष सिफारीस गर्न समेत अध्यक्ष लिक्वीनले आग्रह गरेका छन् । नेपालले बैंक स्थापनाका ठूलो भुमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत दिएका छन् ।

छलफलमा अर्थमन्त्री पौडेलले भने जलविद्युत उत्पादन, प्रसारण लाइन निर्माण तथा यातायात क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । साथै, नेपालको पूर्वाधार विकासमा एआईआईवीले उल्लेखनीय भुमिका खेल्नुपर्ने समेत पौडलले बताए । ‘

प्रतिक्रिया दिनुहोस्
MBL