Logo

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबारको तुलनामा आज आईतबार सुनको मूल्यमा गिरावट आएको हो । शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारेबार भईरहेको सुनको मूल्य आईतबार बढ्दा प्रतितोला ९३ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आईतबार घटेर प्रतितोला १२ सय ४५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्