Logo

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित, पदबाट बर्खास्तीको तयारी

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित, पदबाट बर्खास्तीको तयारी



काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकत डा धनन्जय रेग्मी निलम्बित भएका छन् । शुक्रवार बसेको बोर्डको बैठकले उनीमाथि छानविन गर्न समिति गठन गरेसँगै निलम्बनमा परेका हुन् । रेग्मीलाई बर्खास्त गर्ने तयारीसहित निलम्बन गरिएको स्रोतले जनाएको छ ।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिलाई १५ दिनको समय दिइएको छ । त्यतिन्जेल रेग्मी निलम्वनमा पर्नेछन् ।

यसअघि रेग्मीले विदेशबाट फर्कँदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारी माथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका थिए । रेग्मी केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्