Logo

सुनको मूल्य तोलामा एक हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा एक हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL