Logo

महासंघमा रोकियो जोशी र मुरारकाको खेल, विधान संसोधन प्रक्रिया पदाधिकारी बैंठकबाटै ‘रिजेक्ट’

महासंघमा रोकियो जोशी र मुरारकाको खेल, विधान संसोधन प्रक्रिया पदाधिकारी बैंठकबाटै ‘रिजेक्ट’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा विधान संसोधन प्रक्रिया रोकिएको छ । महासंघका पूर्व अध्यक्ष एवं पविशिष्ट सदस्य पशुपति मुरारका र पूर्व अध्यक्ष कुशकुमार जोशीले विधानलाई आफु अनुकुल हुनेगरी विधान संसोधन प्रक्रिया अघि बढाएपनि महासंघ पदाधिकारी बैंकले त्यसलाई रोकिदिएको हो ।

महासंघको मंगलबार भएको पदाधिकारी बैंठकमा विधान संसोधन समितिका संयोजक कुशकुमार जोशीले विधान संसोधनको मस्यौदा पेश गरेका थिए भने अध्यक्ष शेखर गोल्छाले अब बस्ने कार्यसमिति बैंठकमा छलफलका लागि एजेन्डामा राख्ने भन्दै प्रस्ताव गरेका थिए । तर आज भएको बैंठकमा अध्यक्ष बाहेकका सबै पदाधिकारीले विरोध गरेपछि विधान संसोधन प्रक्रिया नै रोकिएको हो ।

संयोजक जोशीले संसोधित विधानको मस्यौदामा हाल भैरहेको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्ने, महासंघमा ३ कार्यकालसम्म कार्यसमिति सदस्य नभएसम्म उपाध्यक्ष उठ्न नपाउने, जो महासंघका बढि रहेको व्यक्तिले जित्छ सोही व्यक्ति उपाध्यक्षमा सिनियर हुनेजस्ता विषयहरु उल्लेख गरिएको थियो । तर पदाधिकारी बैंठकमा अध्यक्ष बाहेकका सबै पदाधिकारीले उक्त समस्यौदा स्वार्थ केन्द्रित भएर आएको र त्यसले महासंघभित्र नराम्रो बनाउने भन्दै अगाडि नबढाउने निर्णय गरेका हुन् ।

sarbottam
महासंघका शेखर गोल्छा अध्यक्ष भएलगत्तै विशिष्ट सदस्य चुनिएका पूर्व अध्यक्ष मुरारकाले विधान संसोधन प्रक्रियालाई उच्च प्राथमिकताका साथ अघि बढाएका थिए । मुरारका र जोशीले आफु अनुकुल हुनेगरी विधान संसोधन प्रक्रिया अघि बढाएपनि पदाधिकारी बैंकले त्यसलाई रिजेक्ट गरिदिएपछि उक्त खेल नै समाप्त भएको हो ।

पदाधिकारी बैंठकले आगामी पुस १४ गतेका लागि कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । अध्यक्षले उक्त बैंठकमा विधान संसोधनको एजेण्डा राख्न प्रस्ताव गरेपनि अन्य सबै पदाधिकारी त्यसको विरोध गरेका थिए । अब बस्ने कार्यसमिति बैंठकमा उक्त एजेन्डा नपरेपछि यो कार्यकालका लागि विधान संसोधन प्रक्रियानै अघि नबढ्ने बैंठकमा सहभागि एक पदाधिकारीले जानकारी दिए ।

मंगलबारको पदाधिकारी बैठकमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला तथा नगर उपाध्यक्ष दिनेश श्रेठ, बस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठ, एसोसिएट्सतर्फका उपाध्यक्ष रामचन्द्र संघईँ, कोषाध्यक्ष शकुन्तलाल हिराचन सहभागी भएका थिए । सहभागी सबै पदाधिकारीले विधान संसोध गर्न नहुने राय राखेका थिए ।

सो विषयमा कुरा गर्दा महासंघको जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले अहिलेका लागि सबै पदाधिकारीले विधान संसोधन प्रक्रिया अघि बढाउन नहुने भन्दै अहिलेका लागि रोकिएको जानकारी दिए । ‘विधान संसोधन जस्तो विषय कुनै दुई जना सुटुक्क बसेर छलफल गरेर हुन्छ र,’ उनले भने, ‘यस्तो विषय बृहत रुपमा छलफल गरेर अघि बढाउनु पर्छ, अध्यक्ष वा संयोजकले ८।९ ओटा प्रश्नावली तयार पारेर गरेको सुझाव संकलनले हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्