Logo

थपिएन कर तिर्ने समय, व्यवसायीका समस्यालाई आर्थिक ऐनमा समेटिने

थपिएन कर तिर्ने समय, व्यवसायीका समस्यालाई आर्थिक ऐनमा समेटिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कर तिर्ने समय पटक–पटक थप गर्दै आएको सरकारले अव भने नथप्ने भएको छ । कर तिर्नका लागि व्यवसायीलाई धेरै पटक म्याद थप गरिएकाले अव नथपिने आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माले बताए । ‘हामीले २ पटकभन्दा बढी समय थप गरिसकेका छौं,’ उनले भने, ‘अव म्याद थप गर्नुको कुनै औचित्य हुँदैन ।’

अनलाइन मार्फत कर विवरण बुझाउन मिल्ने भन्दै बन्द हड्तालले कुनै असर नपार्ने उनको तर्क छ । ‘बन्द हड्तालले अनलाईन मार्फत बिवरण बुझाउँन कुनै रोकतोक छैन,’ उनले भने, ‘तराइ क्षेत्रमा बैंक नखुलेकाले कर रकम बुझाउनलाई भने केही समस्या हुन सक्छ ।’ आन्तरिक राजस्व विभागले पछिल्लो पटक म्याद थप गरी कर तिर्ने समयलाई पुस मसान्तसम्म पुर्याएको थियो ।

शर्माका अनुसार बन्द हड्तालबाट धेरै मर्का परेको व्यवसायीका समस्यालाई भने आर्थिक ऐनबाट सम्बोधन गरिने भएको छ । ‘परै उद्योग बन्द हुँदा कतिपय व्यवसायीलाई ठूलो मर्का परेको छ,’ उनले भने, ‘त्यस्ता व्यवसायीका समस्यालाई भने बजेट बनाउँदा आर्थिक ऐनमा नै राखेर सम्बोधन गरिने छ ।’ राज्य कर उठाउने संयन्त्र मात्र नभई व्यवसायीका अविभावक पनि भएकाले आर्थिक ऐनमा सो व्यवस्था ल्याउन लागिएको समेत उनले जानकारी दिए । तर, व्यवसायीका वास्तविकर अवस्था बुझेर मात्र आर्थिक ऐनले सम्बोधन गर्नेछ

प्रतिक्रिया दिनुहोस्