Logo

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पुनर्निर्माण महाअभियानको उद्घाटन, बैशाखपछि मात्र निर्माण कार्य शुरु

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पुनर्निर्माण महाअभियानको उद्घाटन, बैशाखपछि मात्र निर्माण कार्य शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले बैशाखमा गएको भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणको औपचारिक शुरुवात गरेको छ । राष्ट्रपती विद्यादेवी भण्डारीले शनिबार एक कार्यक्रमबीच काठमाडौंको रानीपोखरी पुनर्निर्माणको सिल्यान्यास गरिन् ।

वैशाख १२ को भुकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान स्वरुप शनिबार भूकम्प सुरक्षा दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शनिबारै ललितपुरको बुङमतिस्थित भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदा स्थलमा पुनर्निर्माण सम्बन्धि कार्ययोजना सार्वजनिक गरेका छन् ।

प्राधिकरणका अनुसार अभियानको शुरुवात आजैबाट गरिएपनि पुनर्निर्माण सम्बन्धि कार्य भने बैशाखपछि मात्र हुने छ । हाल नीतिगत रूपमा काम गएिको र बैशाख पछि मात्र निजी घर, सार्वजनिक र पुरातात्विक संरचना पुर्निनर्माण गरिने प्राधिकरणले जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा सम्पूर्ण राजनीतिक दलका शिर्षस्त नेताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL