Logo

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अस्ती शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आइृतबार भने बढेको हो ।

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ११ सय ८५ रुपैयाँ रहेको चाँदी आईतबार बढ्दै प्रतितोला ११ सय ९० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्