Logo

दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई कारवाही, जरिमाना सहित सेवा बन्द

दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई कारवाही, जरिमाना सहित सेवा बन्द


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार र इण्टरनेट सेवा प्रदायक कम्पनीलाई कारवाही गरेको छ । अनुमति नलिइ तथा अनुमति लिएर पनि शर्तभन्दा वाहिर गएर सेवा संचालन गरेको भन्दै प्राधिकरणले कारवाही गरेको हो ।

प्राधिकरणले सेवा संचालन अनुमति नलिइ काम गरेका २ र नियम विपरित काम गर्ने ५ वटा संस्थालाई काम कारवाही गरेको हो । प्राधिकरणबाट इण्टरनेट तथा दूरसञ्चार सेवा संचालनका लागि अनुमति लिएका क्लासीटेक प्रालि, सेभेन स्टार नेट, रेडियुस कम्युनिकेशन, सीम टीभी र गण्डकी कम्युनीकेशनलाई कारवाही गरेको छ । उनीहरुले गैरकानुनी रुपमा सेवा संचालन गरेको भन्दै कारवाही गरिएको हो ।

ती कम्पनीलाई गल्ती हेरी १ लाख रुपैयाँसम्म जरिमाना गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । प्राधिकरणका अनुसार उनीहरुले दूरसञ्चार सेवा संचालनको अनुमतिनै नलिएका संस्थालाई आफ्नो लाइसेन्सबाट सेवा संचालन गर्न दिएर गैर कानुनी काम गरेको हुन् । ती कम्पनीले अनुमित नै नलिएका कम्पनीलाई ईन्टरनेट (ईमेल सहित) सेवा सञ्चालन र वितरण गर्नको लागि अख्तियारी सहितको प्रमाणपत्र उलपव्ध गराई त्यस्तो संस्थावाट ईन्टरनेट (ई(मेल सहित) सेवा सञ्चालन गराउने कार्य गरेका प्राधिकरणको जानकारी दिएको छ । त्यस्ता कम्पनीलाई अन्य कम्पनीसँग गरिएको गैर कानुनी सम्झौता भङ्ग गर्न समेत निर्देशन दिइएको छ ।

यसैगरी प्राधिकरणले चितवको एसएसडी निट्रो र वेव लिङक प्रालिलाई अनुमति नै नलिई सेवा संचालन गरेको भन्दै जरिमाना सहित सेवा बन्द गरेको छ । ती कम्पनीहरुको उपकरणहरु जफत गर्नुका साथै प्रति संस्था १५ हजार रुपैयाँ जरिमाना गरिएको छ । त्यसरी जफत गरिएका उपकरणहरुलाई सूचना तथा सञ्चार मन्त्रालयमा पठाउने निर्णय गरिएको अर्यालले जानकारी दिए । प्राधिकरणले ती कम्पनीलाई दूरसञ्चार ऐन २०५३ को दफा ७४ अन्तरगत रही कारवाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL