Logo

नेपाल एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा छनौट, ११ सदस्यीय संचालक समित

नेपाल एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा छनौट, ११ सदस्यीय संचालक समित


बिजखबर संवाददाता
0
Shares

नेपाल एसियाली पूर्वाधार विकास बैंकको संचालक समिति बोर्डमा छनौंट भएको छ । चीनको बेइजिङमा भईरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समिति सदस्यमा छानिएको छ ।

सञ्चालक समितिमा एसियाबाट नेपाल सहित ८ वटा देश र एशिया वाहेकका २ गरी ११ वटा देश छनौट भएका छन् । जसमा एसियाबाट नेपालसहित चीन,संयुक्त अरव इमिरेट् (युएई), इन्डोनेसिया, अष्ट्रेलिया, रसिया, भारत, दक्षिण कोरिया र टर्की रहेका छन् भने एसियाबाहेकका मुलुकहरुबाट संयुक्त अधिराज्य बेलायत र जर्मनी सञ्चालक समिति सदस्य रहेका छन् ।

सम्मेलनमा सहभागी ५७ देशका मन्त्री तथा प्रतिनिधिहरुले संयुक्त रुपमा स्विच अन गरी बैंकको उदघाटन गरेका थिए । त्यस अघि चीनका राष्ट्रपति सिजिङ पिङले बैंकको व्यानरको अनावरण गरेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री बिष्णु पौडेलले एसियाली पूर्वाधार विकास बैंंकमार्फत भौतिक आवश्यकता पूरा गर्दै सामाजिक, आर्थिक विकासका निम्ति नेपाल सक्रिय रुपमा सहभागी हुने बताए । साथै बैंक स्थापनाले एसियाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्