Logo

‘अर्थतन्त्र आईसीयूमा पुगेको छ, आईसीयू विधिबाटै उपचार होस’

‘अर्थतन्त्र आईसीयूमा पुगेको छ, आईसीयू विधिबाटै उपचार होस’


बिजखबर संवाददाता
0
Shares

निजी क्षेत्रले नेपालको अर्थतन्त्र अतिनै सिथिल अवस्थामा रहेको बताएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले भुकम्प र नाकाबन्दीले मुलुकको अर्थतन्त्रलाई धारासायी नै बनाएको जनाएको छ ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकको अर्थतन्त्र आईसीयूमा पुगेको विरामी जस्तै भएको जनाए । ‘मुलुकको अर्थतन्त्र आईसीयूमा पुगेको छ’ उनले भने, ‘यसलाई आईसीयूकै विधिबाट उपचार गर्नुपर्छ ।’

पूर्व अर्थमन्त्री डा. रामशरण महतको सम्मानमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमा उनले यस्तो बताएका हुन् । डा. महतलाई विश्व प्रशिद्ध वेलायती म्यागेजिन द बैंकरद्वारा उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्रदान गरेको थियो । सोही अवार्डको लागि महासंघले सम्मान गरेको हो ।

कार्यक्रमा बोल्दै मुरारकाले अर्थतन्त्रमा देखिएका संकट टार्न सरकार र राजनीतिक दल गम्भिर हुनुपर्ने बताए । उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गर्न डा. महतजस्ता उच्च क्षमतावान व्यक्तिको खाचो मुलुकलाई रहेको समेत बताए । समारोहमा महासंघका अध्यक्ष मुरारकाले डा. महतलाई सम्मानपत्रबाट सम्मानित गरे ।

fncci 1

उक्त अवसरमा पूर्व अर्थमन्त्री डा. महतले सन् १९९० पछि सरकारले अवलम्बन गरेको आर्थिक नीतिकै कारण आजको गम्भीर अवस्थामा पनि अर्थतन्त्र टिकेको बताए । उक्त नीतिकै कारण मुलुकभित्र उद्योग व्यवसाय विस्तार, वहुराष्ट्रिय कम्पनीहरुको लगानी नेपालमा भित्रिएको उनको दाबी थियो । उनले महाविनासकारी भुकम्प, लामो नाकावन्दीका वावजुद पनि बृहद अर्थतन्त्र स्थिर रहनु आर्थिक उदारीकरणकै परिणाम भएको बताए ।

उक्त अवसरमा महासंघी वरिष्ठ उपाध्यक्ष भवानी राणाले अन्तराष्टिय सम्मानबाट डा महतमा अझ बढी जिम्मेवारी थपिएको बताइन् । ‘मुलुकको आर्थिक विकासमा महतले दिएको योगदानको निजी क्षेत्र प्रशंसा गर्दछ’ उनले भनिन्, ‘आर्थिक विकासका लागि डा. महतका योजना तथा नीतिहरुको सफल कार्यान्वयनमा निजी क्षेत्रले सधै साथ दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्