Logo

डिसहोमले बंगन्धु कपको प्रसारण गर्ने, च्यानल नं. ११४ मा हेर्न सकिने

डिसहोमले बंगन्धु कपको प्रसारण गर्ने, च्यानल नं. ११४ मा हेर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डिशहोमले बंगलादेशमा भइरहेको बंगबन्धु कप २०१६ मा नेपाली राष्ट्रिय टिमले भाग लिने खेलहरु प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अफ्ना ग्राहकलाई लागि थप रोचक सामाग्री प्रसारण गर्ने उद्देश्यका साथ बंगबन्धुकप प्रसारण गर्न लागेको बताइएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रवार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार साँझ ६ः१५ बजेदेखि डिस होमका ग्राहकले खेल प्रत्यक्ष प्रसारण हेर्न पाउने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै माघ ४ र ५ गते हुने प्रतियोगितका सेमिफाइनल तथा माघ ८ गते हुने फाइनल खेल पनि प्रत्यक्ष प्रसारण गरिने बताइएको छ । यो प्रतियोगिताका खेलहरु डिशहोमको च्यानल नं. ११४ मा प्रसारण हुनेछन् ।

नेपालको लागि बंगबन्धु कपको एक मात्र आधिकारिक प्रत्यक्ष प्रसारक डिशहोम मात्र रहेको छ। यो प्रतियोगितको प्रत्यक्ष प्रसारण अधिकार अन्य कुनै च्यानल तथा केबल संस्थाहरुमा उपलब्ध छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL