रेमिट्यान्स कम्पनीको संस्था नेपाल रेमिटर्स एसोसिएसन (नेपाल बिप्रेषक संघ) को अध्यक्षमा राजगोपाल राजभण्डारी चयन भएका छन् । संघको बिहीबार काठमाडौंमा सम्पन्न दशौं साधारणसभाले राजभण्डारीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासचिव थिए । उनी प्रभु बैंकमा कार्यरत छन् ।
सधारणसभाले सम्पूर्ण कार्यसमिति निर्विरोध चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा सेवा रेमिटका बिजय डंगोल , महासचिवमा आइएमइका सुमन पोखरेल, सचिवमा चन्द्र चण्डन (सिटी एक्सप्रेस मनी ट्रान्सफर), कोषाध्यक्षमा दिवाकर थापा (हुलास रेमिट) चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः नेपाल रेमिट,संसार मनी ट्रान्सफर,सूर्य रेमिट,हिमालयन बैंक र यूनाइटेड रेमिटका रितेश मित्तल, जीवनबाबु श्रेष्ठ , संजय सिग्देल , युमा श्रेष्ठ र प्रविन अधिकारी ( चयन भएका छन् ।