Logo

नेपालमा पनि कोरोनाको ओमिक्रोन सङ्क्रमण पुष्टि, यस्तो छ ओमिक्रोन पुष्टि भएका दुई जनाको विवरण ?

नेपालमा पनि कोरोनाको ओमिक्रोन सङ्क्रमण पुष्टि, यस्तो छ ओमिक्रोन पुष्टि भएका दुई जनाको विवरण ?



काठमाडौँ– नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिए।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई चिन्ताको विषयका रुपमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL