Logo

इम्वोस्ड नम्वर प्लेट जडानका लागि १२२ कर्मचारी माग, यी पदमा दिन सकिन्छ आवेदन

इम्वोस्ड नम्वर प्लेट जडानका लागि १२२ कर्मचारी माग, यी पदमा दिन सकिन्छ आवेदन



काठमाडौं । यातायात व्यवस्था विभागले इम्वोस्ड नम्वर प्लेट जडानका लागि १२२ जना कर्मचारी माग गरेको छ । विभागले आइतवार सूचना जारी गर्दै देशभरका विभिन्न यातायात कार्यालयवाट इम्वोस्ड नम्वर प्लेट जडानकालागि आवश्यक कर्मचारी करारमा माग गरेको हो ।

विभागले दर्ता सहायक, इनरोलमेन्ट अपरेटर, स्टोर किपर, मेकानिकल र रनर पदका लागि माग गरेको छ । विभागका अनुसार यी कर्मचारीले विर्तामोड, इटहरी, लाहान, जनकपुर, कावासोती नवलपुर, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगरका साथै विभागले तोकेका यातायात कार्यालय वा सवारी परीक्षण कार्यालय अन्तर्गत सेवा उपलव्ध गराउनुपर्ने वताएको छ ।

कर्मचारीहरुको सेवा अवधि सम्झौता मितिवाट १५ दिनभित्र सुरु भई २०७९ असार मसान्तसम्म रहने छ साथै विभागले आवश्यकचा र स्रोत सुनिश्चितताका आधारमा सेवा अवधि थप गर्न सकिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL