Logo

सुनको मूल्य स्थिर, प्रतितोला ९२ हजारमा कारोबार हुँदै

सुनको मूल्य स्थिर, प्रतितोला ९२ हजारमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहदै प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजारमै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य पनि स्थिर रहदै तोलाको १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL