Logo

स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ, पठाइयो सम्पत्ति शुद्धीकरण विभाग

स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ, पठाइयो सम्पत्ति शुद्धीकरण विभाग



काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका खनालसँग प्रहरीले १ हजार दरका १ सय वटा भएको ४९ बण्डल, ५ सय दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला १ थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL