Logo

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आईतबार बढ्दा प्रतितोला ९२ हजार रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार पछिल्लो १ हप्तामा सुनको मूल्यमा जम्मा १ सय रुपैयाँको गिरावट आएको छ । गत हप्ताको आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो । १ हप्तामा अवधिमा नेपाली बजारमा सुनको मूल्य ९१ देखि ९२ हजार रुपैयाँकै बीचमा घटबढ हुँदै आएको छ ।

यस्तै आईतबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ११ सय ९० रुपैयाँ रहेको चाँदीको मूल्य आईतबार प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १२ सय रुपैयाँ पुगेको हो । पछिल्लो हप्ता चाँदीको मूल्य न्युनतम ११ सय ९० र उच्चतम १२ सय २० रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्