Logo

प्रतितोला २०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला १ हजार १ सय ९० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७ सय ७३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्