Logo

सुनचाँदीको मूल्य आज पनि घटयो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य आज पनि घटयो, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले घटेर ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL