Logo

एमाले अध्यक्षमा ओली दोश्रोपटक विजयी, उपाध्यक्षमा पनि ओलीको टीमै विजयी

एमाले अध्यक्षमा ओली दोश्रोपटक विजयी, उपाध्यक्षमा पनि ओलीको टीमै विजयी



काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष पदमा दोश्रोपटक निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ओलीले भारी मतले भारी मतले विजयी भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रतिद्वन्द्वी भीम रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।

निर्वाचनबाट उपाध्यक्षमा पनि ओलीको टीमै विजयी भएको छ । छ जना उपाध्यक्षका लािग भएको निर्वाचनमा ओलीको सर्वसम्मत पदाधिकारी घोषणाको विरोधमा उपाध्यक्ष उम्मेदवारी दिएका घनश्याम भुसालले ७ जना उम्मेदवारमध्ये सबैभन्दा कम मत प्राप्त गरेपछि ओलीले छानेका ६ जान उपाध्यक्ष नै निर्वाचित भए । उपाध्यक्षहरुमा निर्वाचितहरु मध्ये अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत प्राप्त गरेर विजय िभए भने भुसालले ७२५ मतमात्र प्राप्त गरेर पराजित भए ।

प्रतिक्रिया दिनुहोस्
MBL