Logo

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूलयमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ४०० तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २०५ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL