Logo

एकैपटक १० सचिवको सरुवा, पर्यटनमा न्यौपाने पुग्दा श्रममा अर्याल

एकैपटक १० सचिवको सरुवा, पर्यटनमा न्यौपाने पुग्दा श्रममा अर्याल



काठमाडौं । सरकारले एकैपटक १० जना सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को १० सचिवहरुको सरुवा गरेको हो ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालय पठाएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ । यस्तै ऊर्जा आयोगमा रहेका मणिराम गेलाललाई सहरी विकाश मन्त्रालयमा पठाइएको छ ।

बैंठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ भने निर्वाचन आयोगमा रहेका सुरेश अधिकारीलाई सामान्य प्रशासन मन्त्रालयमा पठायएको दिइएको छ ।

यस्तै वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा सरुवा गएिको छ भने प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्