Logo

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९२ हजार १ सय र तेजाबी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाल र तेजाबी सुन क्रमशः ९१ हजार ९ सय र ९१ हजार ४ सयमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने आज ओरालो लागेको छ । शुक्रबार तोलाकै १२ सय २५ मा कारोबार भएको चाँदी आइतबार १२ सय १० मा कारोबार भइरहको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL