Logo

चाँदी आयातमा गरिएको कडाइप्रति चेम्बरको ध्यानाकर्षण, भन्यो-गहना निर्यातमा धक्का पुग्छ

चाँदी आयातमा गरिएको कडाइप्रति चेम्बरको ध्यानाकर्षण, भन्यो-गहना निर्यातमा धक्का पुग्छ



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमार्फत चाँदी आयातमा गरिएको कडाइले गहना निर्यात प्रभावित बन्ने बताएको छ ।

राष्ट्र बैंकले हिजो शुक्रबार गरेको मौद्रिक नीतिको समीक्षामाथि प्रतिक्रिया दिँदै चेम्बरले गहना निर्यात प्रभावित बन्ने बताएको हो ।

चाँदी आयतका लागि अधिकतम ३५ हजार डलरको सीमाले चाँदीका गरगहनाको निर्यात, हस्तकला आदिको निर्यातमा गम्भीर असर गर्ने उल्लेख गर्दै यस्तो व्यवस्थाले कालिगडको पनि रोजगारी गुम्ने चेम्बरले बताएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सम्वन्धमा नेपाल चेम्बर अफ कमर्सको धारणा

आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सम्वन्धमा नेपाल चेम्बर अफ कमर्शको ध्यानाकर्षण भएको छ । राष्ट्रवैंकले ल्याएको मौद्रिक नीतिको विद्यमान अनिवार्य नगद अनुपात, वैंकदर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ ।
वैंक तथा वित्तिय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत यथावत राखि २०७९ असार मसान्त सम्ममा निर्धारित सिमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र वैंक समक्ष प्रस्तुत गर्ने व्यवस्था आएको छ । यसले तरलताको दीर्घकालिन समस्याको समाधान गर्दैन । तरलता व्यवस्थापनका लागि सीसीडी रेसियो विगतका वर्षहरुमा झैं ८५ प्रतिशत कायम वा सिडी रेसियोलाइ ९५ प्रतिशत पुयाउन पर्छ भन्ने नेपाल चेम्वर अफ कमर्शको माग छ ।

विदेशी विनिमय सञ्चितीको विद्यमान स्थितीलाई दृष्टिगत गरि तोकिएका बस्तुहरुको आयात पत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले आयतलार्ई नियन्त्रण गर्न खोजिएको भएतापनि आवश्यक र अत्यावश्यक बस्तुहरु नपरुन भन्ने चेम्वरको धारणा छ ।

चाँदी आयतका लागि अधिकतम ३५ हजार डलरको सिमाले चाँदीका गरगहनाको निर्यात, हस्तकला आदिको निर्यातमा गम्भिर असर गर्ने तथा यी उद्योगहरुमा कालिगढ हरुको पनि रोजगारी गुम्ने जोखिम बढाएको छ । व्यवसायिक कृषि, उत्पादनमुलक उद्योग पूर्वाधार निर्माण र पर्यटनसंग सम्वन्धित नेपाली उद्यमी व्यवसायीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा ल्याउन सक्ने व्यवस्था मिलाईएको स्वागत योग्य छ । तर हेजिङ सम्वन्धी नीतिको उचित व्यवस्था नभई यो प्रभावकारी हुन सक्दैन । सो को लागि हेजिङ नीतिको व्यवस्था हुनुपर्ने हाम्रा माग छ ।

प्रतिक्रिया दिनुहोस्
MBL