काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७३\०७४को बजेट योजना सार्वजनिक गरेको छ । महानगरले आगामी आवका लागि नियमित कामका अलवा विपद व्यवस्थापन र पुनः निर्माणलाई विशेष महत्व दिई बजेट सार्वजनिक गरिएको महानगरका प्रमखु तथा कार्यकारी निर्देशक रुद्रसिंह तामाङ्गले जानकारी दिए । महानगरको २७औं नगरपरिषद्ले बैठकले आगामी आर्थिक बर्षका लागि ३ अर्ब ६६ करोड २० लाख ७० हजार रुपैया बजेट बिनियोजना गरेको हो ।
मंगलवार महानगरको २७औं नगर परिषद्बाट स्विकृत बार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरणमा उनले काठमाडौं महानगरपालिकाको कार्यलयमा अपांग डेस्क खडा गरी अपांगमैत्री सेवा प्रवाह गर्ने प्रवन्ध मिलाइएको जानकारी दिए । आगामी आवमा त्यस्तै भवन निर्माण प्रकृयालाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउन इबिपिएस प्रणालीलाई सवै वडामा लागु गरिने बताए ।
महानगरभित्रका धार्मिक, पुरातात्विक एवम् साँस्कृतिक महत्व रहेका स्मारक, मठ मन्दिर तथा अन्य भौतिक सम्पदाको पुनः निर्माण गरी पर्यटन प्रबद्र्धनलाई सहयोग पुग्ने गरी कार्यक्रम प्रस्ताव गरिएको तामाङ्गले जानकारी दिए । ‘यसका लागि रु. ७ करोड रकम बजेट विनियोजन गरेको छु’ उनले भने ‘साथै हनुमानढोका दरवार क्षेत्र भित्र परेका सम्पदाहरु तथा साँस्कृतिक धरोहर संरक्षण तथा पुनः निर्माणका लागि रु.२० करोड विनियोजन गरेको छु ।’ हनुमानढोका दरवार संरक्षण कार्यक्रम मार्फत सो बजेट विनियोजन गरिएको बताइएको छ ।
शहरी यातायात व्यवस्थापनमा सडक चौडाको महत्वपूर्ण भूमिका हुने भन्दै गत ३ वर्ष देखि सञ्चालन भइरहेको सडक विस्तार कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको छ । सो कार्यका लागि महानगरले रु.४० करोड बजेट विनियोजन गरेको बताइएको छ । त्यसैगरी रानीपोखरीको पुनः निर्माण तथा स्तरोन्नतिका लागि आगामी वर्षको बजेटमा रु.३ करोड विनियोजन गरेको छ ।
महानगरको २७औं नगर परिषद्बाट स्विकृत बार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले काठमाडौं महानगपालीकाको बार्षिक योजनाले महानगरको समृद्धिमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे । मन्त्री थापाले निर्वाचित जनप्रतिनिधिन भएको अवस्थामा कर्मचारीहरुले सेवा प्रवाहमा पुर्याएको योगदानको प्रशंसा समेत गरे ।
त्यस्तै महानगरको चालु आर्थिक बर्षका लागि जारी गरिएको बार्षिक बजेट नीति तथा कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले जनउत्तरदायी सरकारका लागि चुस्त दुरुस्त प्रशासन र निर्वाचित जनप्रतिनिधिको खाँचो औल्याए ।
कार्यक्रममा पूर्व मूख्य सचिव लिलामणी पौडेलले खुल्ला तथा अव्यवस्थित मासु पसल व्यवस्थित गर्ने भनिए पनि केहीका स्वार्थका कारण हालसम्म त्यसतर्फ केही प्रगती नभएको बताए । ‘खुल्ला मासु पसल व्यवस्थित नगर्नुमा राजनितीक दलको स्वार्थ रहेको छ’ उनले भने । साथै उनले सहरको सौन्दर्यमा ह्रास ल्याउने त्यसता पसललाई व्यवस्थित गर्न सुझाए ।
पौडेलले महानगरका कर्मचारी विस्तारै जिम्मेवार भएको र भविष्यमा महानगरले ल्याएको कार्यक्रमको कार्यन्वयमा कर्मचारी खरो उत्रने बिश्वास व्यक्त गरे ।
सो अवसरमा परिषद्ले महानगरमा रहेर लामो समयदेखी सेवाप्रवाहगर्ने २६ जना कर्मचारीहरुलाई दिर्घसेवा पदकद्धारा सम्मानित गरेका छ । त्यस्तै १८जनालाई उत्कृष्ट कर्मचारी, ३ जना उत्कृष्ट स्वंयसेविका र ४ जना पत्रकारहरुलाई समेत सम्मानीत गरिएको थियो ।
महागरले चालु बर्षका४ अर्ब ६ करोड रुपैयाको राजस्व तथा खर्च प्रस्तावगरेकोमा हालसम्म६१ करोड ६४ लाख २ हजार ३ सय ७० रुपैया खर्च गरिसकेको छ । त्यस्तै चालु बर्ष भित्रआन्तरिक आयतर्फ १ अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुयैया आयसंकलनगर्ने लक्ष्य राखिएकोमाहाल सम्मस्थिती संतोषजननै रहेको परिषद्माजानकारी गराइएको छ ।