Logo

उद्योग परिसंघद्धारा पूर्वअर्थमन्त्री डा. महत सम्मानित, महत भन्छ्न ‘यो राष्ट्रले पाएको सम्मान हो ’

उद्योग परिसंघद्धारा पूर्वअर्थमन्त्री डा. महत सम्मानित, महत भन्छ्न ‘यो राष्ट्रले पाएको सम्मान हो ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघले पूर्व अर्थमन्त्री डा रामशरण महतलाई सम्मान गरेको छ । लन्डनबाट प्रकाशित हुने ‘दि फाइनान्सिएल टाइम्स’को सहप्रकाशन ‘दि बैंकर’ म्यागाजिनले पूर्व अर्थमन्त्री डा महतलाई सन् २०१६ को विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको सन्दर्भमा परिसंघले सम्मान गरेको हो ।

सो सम्मानबाट देशको शिर उच्च राखेको भन्दै परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यात, पूर्व अध्यक्ष विनोद चौधरी र वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले दोसल्ला ओढाएर उनलाई सम्मान गरे ।

सम्मानपछि डा महतले आफूले पाएको सम्मान राष्ट्रप्रतिको सम्मान भएको र तत्कालीन सरकारले गरेको राम्रा कार्यको अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट गरिएको यथार्थ मूल्यांक्न भएको बताए ।

उनले देशको अर्थतन्त्र आर्थिक कारणले भन्दा पनि राजनीतिक अस्थिरताका कारण बिग्रिएको उल्लेख गरे । ‘नेपालले सामाजिक क्षेत्रमा गरेको प्रगति र अर्थतन्त्रमा आएको विस्तारले राष्ट्रको इज्जत बढाएको छ, उनले भने ‘देशको आर्थिक अवस्थामा गैरआर्थिक कारणले असर परेको छ,आर्थिक कारणले होइन ।’

परिसंघका अध्यक्ष बस्न्यातले देशलाई उदारीकरणतर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्नुका साथै निजी क्षेत्रले सम्मान पाउने वातावरण सिर्जना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL