Logo

रुकुम उडेको जहाज नेपालगञ्जमै अवतरण प्रकरण : पाइलटसँग शेर्पासँग पर्यटन मन्त्रालयले माग्यो स्पष्टीकरण

रुकुम उडेको जहाज नेपालगञ्जमै अवतरण प्रकरण : पाइलटसँग शेर्पासँग पर्यटन मन्त्रालयले माग्यो स्पष्टीकरण



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुकुम उडेको जहाजलाई नेपालगञ्जमै अवतरण गराउने पाइलटसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रुकुमको चौरजहारीका लागि उडेको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान नेपालगञ्जमै अवतरण गराउने क्याप्टेनलाई स्पष्टीकरण मागेको हो ।

क्याप्टेन पेम्बा शेर्पाले सोमबार काठमाडौँबाट चौरजहारी पुर्याउनु पर्ने जहाजलाई आफ्नो ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएका थिए । सोमबार ३ बजे ८ यात्रुसहित चौरजहारी उडेको उक्त जहाज नेपालगन्जमाथि पुग्दा ४ बजेको र उक्त समयमा आफ्नो ड्युटी अवधि पूरा भइसकेको भन्दै उनले नेपालगञ्जमै ओरालेका थिए ।

यात्रुलाई पाइलटले गन्तव्यमा नपुर्याई नेपालगन्जमै ओरालेपछि वायुसेवा निगमले नै यात्रुलाई नेपालगन्जमा बस्ने व्यवस्था मिलाएर मंगलबार बिहान मात्रै चौरजहारी पुर्याएको थियो ।

घटनापछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा क्याप्टेनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो । मन्त्री आलेले उक्त घटनाबारे छानविन गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन समेत दिएको मन्त्री आलेको सचिवालयले जनाएको छ । मन्त्रालय हवाई उडड्यनसम्बन्धी तालुक मन्त्रालयका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL