Logo

नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रबारे समझदारी, जहाँ खोप लगाएपनि मान्यता उही

नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रबारे समझदारी, जहाँ खोप लगाएपनि मान्यता उही



काठमाडौं । नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाएकाहरूले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन् ।

यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आएर काम गर्ने र नेपालबाट भारत जाने कामदारहरूलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL