Logo

चेम्वर एक्सपो २०७२ सम्पन्न, ४५ हजारले गरे अवलोकन

चेम्वर एक्सपो २०७२ सम्पन्न, ४५ हजारले गरे अवलोकन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल चेम्वर एक्स्पो—२०७२ सोमवार  सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित सो एक्स्पोको ४५ हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

एक्सपोमा भारत, पाकिस्तान, बंगलादेश चीनलगायतका राष्ट्रिय तथाअन्तर्राष्ट्रिय गरी झण्डै २ सय ५० वटा स्टल रहेको थियो । एक्सपोमा मोबाईल, टिभि, हलुका सवारी साधन, कार्पेट, हस्तकलाका बस्तु, छाला तथा छालाजन्य बस्तुलगायत विभिन्न उपभोग्य बस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।

एक्सपो “एक्जिविट, एक्सप्लोर, एक्सपाण्ड” नाराका २३ गते देखि आयोजना भएको एक्स्पो पाँच दिनसम्म चलेको थियो । प्रदर्शनीले स्वदेशी तथा विदेशी बस्तुहरुको ‘ब्रान्डिङ्ग’ तथा प्रचार गरेको आयोजकचेम्वरको विश्वास रहेको छ ।

कन्ट्रि पार्टनर दक्षिण कोरिया रहेको एक्सपोमा नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्य, हेरिटेज कार्पेटका प्रायोजन रहेको थियो ।

अर्थमन्त्री विष्णुपौडेलले उद्दघाटन गरेको सो एक्स्पोमा ापूर्व प्रधानमन्त्रीझलनाथखनाल, माधवकुमार नेपाल, नेपाली काग्रेंसका नेतृ सुजाता कोइरालालगायतले भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL