Logo

बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार ९ सयमा कारोबार हुँदैं

बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार ९ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सयले बढेर ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९३ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL