Logo

तयारीविनै विद्युतीय चुल्होको अफवाह, अहिलेको संरचनाले ग्यासको विकल्प बन्न नसक्ने

तयारीविनै विद्युतीय चुल्होको अफवाह, अहिलेको संरचनाले ग्यासको विकल्प बन्न नसक्ने



काठमाडौं । पछिल्लो समय नेपालमा खपतभन्दा बढी विजुली उत्पादन हुन थालेपछि उत्पादिन विजुली खेर गईरहेको छ । विद्युत खेर जाने अवस्था आएपछि सरकारदेखि सम्बद्ध सबै निकायहरु विद्युत खपत बढाउन लागिपरेका छन् । विद्युत खपत बढाउने विभिन्न उपायमध्ये सबैभन्दा सजिलो र प्रभावकारी उपायका रुपमा विद्युतीय चुल्होको प्रयोगलाई अहिले प्रचार गरिएको छ ।

विद्युतीय चुल्होको प्रयोग बढाउन सके हाल नेपालले वार्षिक रुपमा आयात गरिरहेको अर्बौ रुपैयाँको खाना पकाउने ग्याँसको विकल्प पनि हुने र नेपालको खेर गएको विद्युत खपत गर्न पनि सकिने भएकाले अहिले सबैको धयान यसैमा केन्द्रित भएको छ ।

प्रत्येक घरमा हाल उपयोग भइरहेको ग्याँसलाई विस्थापन गरी विद्युतीय चुल्होको प्रयोग गरे नेपाललेको अर्बौ रुपैयाँ वार्षिक घाटासमेत कम गर्न सकिने अवसर अहिले जुरेको छ । अर्कोतर्फ नेपालमा उत्पादिन विजुली नेपालमै खपत गर्न हुने, सुरक्षित र उपभोक्तलाई सस्तोसमेत पर्ने भएकाले विद्युतीय चुल्होको प्रयोग सबैभन्दा उत्तम विकल्प भएको विज्ञहरुको सुझाव छ ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल पनि मन्त्री भएदेखि नै विद्युतीय चुल्होको प्रयोग र ग्याँसको विस्थापनलाई विशेष जोड दिँदै आइरहेकी छन् । विद्युत खपतका बढाउनका लागि सरकारले मंसिर १ देखि लागु हुने गरि विद्युत शूल्कमा कटौती ग।रेको छ । त्यस्तै विद्युतीय गाडीको भन्सारमा छुट दिनेलगायतका उपायहरु अपनाएपनि सरकारी तवरबाट भएका प्रयासअनुसार उपभोक्ताले भने विद्युतको प्रयोग बढाएको देखिँदैन । त्यसैले सरकारले विद्युत खपत बढाउन उपभोक्तालाई अनुदानमा विद्युतीय चुल्हो दिने योजना सरकारले बनाइरहेको छ । यस्तै उद्योगहरुलाई मागेजति विजुली दिनेगरि प्राधिकरणले अहिले काम गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा हाल रन अफ द रिभर र जलाशययुक्त जलविद्युत आयोजनाबाट १५ देखि १८ सय मेगावाट विजुली उत्पादन हुने गरेको छ । यसरी उत्पादन भएको विजुलीको पिक डिमान्ड पनि जम्मा १३ देखि १४ सय मेगावाटको हाराहारीमा मात्रै हुन्छ ।

नेपालमा अहिले धेरै जलविद्युत आयोजनाहरु निर्मार्णाधीन रहेकाले अब नेपालको विद्युत प्रणालीमा निरन्तर विद्युत थपिदै जाने देखिएको छ ।। तर, विजुलीको उत्पादन बढ्दै जाने र माग नबढदा प्राधिकरण विद्युत खपत बढाउने खोजीमा रहेको छ । नेपालले उत्पादिन विजुली भारत र बंगलादेश निर्यातका लागि पहल गर्दै आएकोमा अहिले भारतमा १७ सय ४५ मेगावाट आवर विजुली भएको छ ।

यद्यपि नेपालमा हाल मागभन्दा बढी उत्पादन विजुली भएकाले ५ सय मेगाबाट बढी विजुली खेर गईरहेको विद्युत प्राधिकरणको भनाई छ । जसले प्राधिकरणलाई ठूलो घाटा पारिरहेको छ । प्राधिकरणको घाटा कम गर्न र उपभोक्तालाई उपयुक्त पनि हुने भएकाले अब घरायासी प्रयोगका लागि विद्युत खपत बढाउन जोड दिएको प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराई बताउँछन् । यसका लागि इन्डक्सनलगायत विद्युतीय चुल्होेको प्रयोग सबैका लागि फाइदाजनक हुने भएकाले जोड दिएको भट्टराई बताउँछन् ।

पूर्वाधारमा प्रश्न ?

अहिले सर्वसाधारणहरुलाई विद्युतीय चुल्हो प्रयोगमा जोड दिएपनि विद्युतीय पूर्वाधारले भने अड्चन पुर्याउने देखिन्छ । काठमाडौं उपत्यकाकै कुरा गर्दा पनि धेरै घरहरुमा ५ देखि १५ एम्पिएरको विजुली धान्नेगरी मात्रै वायरिङ गरेको बताइन्छ । यदि यी घरहरुमा भाडामा बस्ने सबैले विद्युतीय चुल्हो प्रयोग गरेको खण्डमा विद्युतको लाईनले नधान्ने अवस्था आउने प्रवक्ता भट्टराई आफै बताउँछन् । यदि कुनै ४ तले घरमा हरेक फ्ल्याटमै पनि विद्युतीय चुल्हो प्रयोग गर्न थालियो भने पनि उक्त घरको वायरिङको क्षमताले नधान्ने उनको भनाई छ ।

घरायशी वायरिङ विस्तारमा जोड

विजुलीको उत्पादनसँगै खपत बढेको अवस्थामा सबैभन्दा पहिले प्रत्येक घरहरुमा हाल प्रयोग गरिएको वायरिङ र एमसीबीलाई परिवर्तन गर्नुपर्ने हुन्छ । घरेलु प्रयोगकर्ताले आफ्नो घरमा भाडामा वस्नेलाईसमेत विद्युतीय चुल्हो प्रयोग गर्न दिने हो भने वायरिङ पनि सोही अनुसारको हुनुपर्ने प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन् । उनका अनुसार घरायशी ग्राहकले आफ्नो घरको वायरिङ बलियो बनाएको अवस्थामा माग बढ्अनुसारको विजुली दिने र अन्य पूर्वाधार बनाउने जिम्मा प्राधिकरणको हुनेछ । सोही अनुसार प्राधिकरणले पनि वितरण लाईनदेखि ट्रान्सफर्मरसम्म परिवर्तन गरेर सेवा दिने उनले बताए ।

हाल नेपाल विद्युत प्राधिकरणले वितरण लाईन, ट्रान्फर्मरलगायतको क्षमता विस्तार गर्दै गएकाले घरायशी उपभोक्तालाई समेत सोहीअनुसारको पूर्वाधार विस्तार गर्न आग्रह गरिएको उनले बताए । ‘हाम्रा धेरै उपभोक्ताहरु हामीले नभनीकनै आफै बुझ्ने हुनुहुन्छ,’ उनले भने, ‘धेरैजसो ग्राहकले माग बढेबमोजिम मिटर, एमसीबी र वायरिङ परिवर्तन गरिसक्नुभएको छ ।’

उनका अनुसार हाल घरायसी वायरिङ गरिएको पूर्वाधारले एउटा घरमा ३ बढीमा ओटामात्रै विद्युतीय चुल्हो बाल्न सकिन्छ । यस्तै काठमाडौंकै कुरा गर्दा घरमा भाडामा बसेका सबैले विद्युतीय चुल्हो प्रयोग गर्नसक्ने सम्भावना भने सोच्ने सकिने अवस्था छैन । उनले विद्युत प्राधिकरण क्षमता विस्तारसँगै विद्युत दिने प्रक्रियामा तयार रहेपनि ग्राहकहरु भने तयार नभईसकेको बताए ।

ग्याँसमा फाईदा कि विद्युतीय चुल्होमा ?

नेपालमा खाना पकाउने ग्याँसको मूल्य हाल१५ सय ७५ रुपैयाँ प्रतिसिलिण्डर पुगेको छ । अहिलेको विद्युतको शुल्क र ग्याँसको मूल्य विश्लेषण गर्दा एक सिलिण्डर ग्याँस प्रयोग गर्दाभन्दा विद्युतीय चुल्होमा खाना पकाउँदा झण्डै २ सय रुपैयाँ बढी फाईदा हुने विज्ञहरु बताउँछन् । तर, यसका लागि आवश्यक चुल्हो, नयाँ भाँडाकुँडालगायत शुरुमा खर्च भने गर्नुपर्छ । शुरुमा चुल्हो, भाडाँकुडाँ किन्दा महंगोजस्तो लागेपनि विद्युतीय चुल्हो निरन्तर प्रयोग गर्दा धेरै सस्तो पर्ने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL